उच्च अदालत सुर्खेतले प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न सरोकारवालाका नाउँमा परमादेश जारी गरेको छ । अधिवक्ता शेरबहादुर खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकालगायत नाउँमा परमादेश जारी गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलासले छाडा पशुचौपाया व्यवस्थापन गर्न विपक्षीका नाउँमा परमादेश जारी गरेको अदालतका नायब सुब्बा धर्मराज न्यौपानेले जा