माधव नेपाल पक्षको केन्द्रीय समितिको भर्चुअल बैठक जारी

काठमाडौं। माधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी छन्। आज बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको केन्द्रीय सदस्य निरज आचार्यले देखापढीलाई बताए। “विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे माधव नेपाल,भीम रावल र घनश्याम भुसालले धारणा राखेका छन्”, उनले भने। उनले अनौपचारिक बैठक भएको प्रतिक्रिया दिए।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको भर्चुअल बैठक बस्दै

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने वा नजानेबारे सुझाव लिन एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको हो। बैठकमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु सहभागी छन्। पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ।

एकीकृत समाजवादीको भर्चुअल बैठक एजेन्डा– सरकारमा जाने कि नजाने ?

१३ पुस, काठमाडौं । सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ । केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन् । पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन् ।

माधव नेपाल पक्षको बैठक सुरु, पार्टीको धारणा केही समयभित्रै सार्वजनिक हुने

नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको भर्चुअल बैठक सुरु भएको छ । एमाले नेता सोमप्रसाद पाण्डेका अनुसार जेठ २३ गते राती प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका सम्बन्धमा वक्तव्य जारी गर्नुभएपछि यसखाले बैठक बसिएको हो । नेपाल पक्षका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेटघाट गरेर छलफल गर्ने विषयमा सञ्चारमाध्यममा मनगढन्ते कुराहरु आएको भन्दै उहाँले बैठक भर्खर सुरु हुन लागेपछि आधिकारिक वक्तव्य केही घण्टाभित्रै सार्वजनिक हुने जानकारी समेत गराउनुभएको छ ।

पार्टीको निर्देशन विपरित खनाल–नेपाल पक्षले केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

पार्टीको कारवाहीमा परेका एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछ । पार्टी एकताको प्रयास सफल बन्न नसकिरहेको समयमा नेता नेपालले केन्द्रीय सदस्यहरूसँग राय लिन लागेका हुन् । बिहान ११ बजे पछि भर्चुअल बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति प्रकाशित गरेर अनाधिकृत बैठक नगर्न सचेत गराएका थिए ।  ‘कसरी अगाडी बढ्ने भन्ने विषयमा हाम्रो समूहमै एकमत नदेखिएपछि केन्द्रीय सदस्...

एमालेले भन्यो : खनाल - नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुनु

नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई भनेको छ । विहीबार विहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित गराएका हुन् । खनाल- नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए। पार्टीले कारवाही गरेका खनाल नेपालल

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन्  । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन

तीन दिनभित्र सहमतिको खाँका तयार गर्नु पर्ने माधव नेपाल समूहको निष्कर्ष

काठमाडौं। कार्यदल गठन भएको ३ दिनभित्र एमालेको विवाद टुङ्ग्याउनु पर्ने पक्षमा माधव नेपाल समूहको निष्कर्ष रहेको छ।शीर्ष नेताहरुको भर्चुअल बैठकले निकालेको यो निष्कर्ष आजै बस्ने नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गरिने भएको एक नेताले बताए। सहमतिको खाँका तत्काल तयार नभए विश्वासमा संकट हुन्छ।त्यही भएर तीनदिनको म्याद राखेको ती नेताले बताए। केहीबेरमा नेपाल पक्षीय केन्द्रीय कमिटीको भर्चुअल बैठक बस्दैछ।