नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको भर्चुअल बैठक सुरु भएको छ । एमाले नेता सोमप्रसाद पाण्डेका अनुसार जेठ २३ गते राती प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका सम्बन्धमा वक्तव्य जारी गर्नुभएपछि यसखाले बैठक बसिएको हो ।
नेपाल पक्षका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेटघाट गरेर छलफल गर्ने विषयमा सञ्चारमाध्यममा मनगढन्ते कुराहरु आएको भन्दै उहाँले बैठक भर्खर सुरु हुन लागेपछि आधिकारिक वक्तव्य केही घण्टाभित्रै सार्वजनिक हुने जानकारी समेत गराउनुभएको छ ।