काठमाडौँ। नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने वा नजानेबारे सुझाव लिन एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको हो।
बैठकमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु सहभागी छन्। पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ।