पार्टीको कारवाहीमा परेका एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछ ।
पार्टी एकताको प्रयास सफल बन्न नसकिरहेको समयमा नेता नेपालले केन्द्रीय सदस्यहरूसँग राय लिन लागेका हुन् ।
बिहान ११ बजे पछि भर्चुअल बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति प्रकाशित गरेर अनाधिकृत बैठक नगर्न सचेत गराएका थिए ।
‘कसरी अगाडी बढ्ने भन्ने विषयमा हाम्रो समूहमै एकमत नदेखिएपछि केन्द्रीय सदस्...