विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेसन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको