काठमाडौं : स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार पुनर्निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ।हात्तीस्थान फाउन्डेसन समिटले पुस १५-१७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किलोमिटर उत्तर स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो। करिब साढे ७ सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीनतले तामेकोट दरबार रहेको इतिहास छ। अझै पनि दरबारको ढुङ्गे अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ।राजा यौनलिप्त भएर राज्यप्रति बेफ