निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

सम्बन्धित सामग्री

दुई मन्त्रीको आजै शपथ गराउने तयारी, पत्र कुर्दै राष्ट्रपति कार्यालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्र र जनमत पार्टीबाट एक-एकजना मन्त्रीको शपथग्रहण गराउने तयारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दियो। उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ। ‘अहिलेसम्म प्रधानमन्त्रीज्यूबाट पत्र आएको छैन। पत्र पाएपछ

एमाले अध्यक्ष ओलीद्वारा शपथग्रहण, पदाधिकारी र केन्द्रीय सदस्य पनि लिए

चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।

एमालेको नवनिर्वाचित नेतृत्व घोषणा तथा शपथग्रहण कार्यक्रम (फोटो फिचर)

चितवन : नेकपा (एमाले)को चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको मत परिणाम घोषणा तथा शपथ ग्रहण कार्यक्रम अहिले भइरहेको छ। सौराहास्थित सेभेनस्टार होटल परिसरमा जारी कार्यक्रममा केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित पदाधिकारीको नाम र उनीहरुले प्राप्त गरेको मत परिणाम घोषणा गर्नेछ। त्यसपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गर्नेछन् ।अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन्। उनले भीम रावललाई पराजित गरेका हुन्। कार्यक्रम

नेकपा (एमाले) को अध्यक्षमा दोस्रो पटक पनि केपी शर्मा ओली निर्वाचित

मंसिर १४, काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि चितवनमा भएको निर्वाचनको मतगणनाबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले प्रत्यासी भिम रावलविरुद्ध शुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए । उनी दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित ओलीको कार्यकाल पुन : चार वर्षको हुने छ । यो समाचार तयार पार्दाको समयसम्म ओलीले १ हजार ८४०  मत पाएका छन् भने अर्का प्रत्यासी रावलले २२० मत पाएका छन् । ३६ जनाले भने दुवैजनालाई भोट हाल्न चाहेनन्।  तर निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन। १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलवार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने बताइएको छ । उक्त महाधिवेशनमा ७२ ओटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

एक्लाएक्लै चुनाव लडे एमाले पहिलो बन्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन् । आज मकवानपुरको मनहरीमा आयोजित एमाले गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा नेता भट्टराईले विभाजनले एमालेलाई खासै असर नगरेको उल्लेख गरे ।उनले एमालेबाट केही समूह चोइटिएर गएको बताउँदै त्यसलाई रोक्न प्रयास गर्दा पनि नसकेको बताए । पार्टी नफुटाउन गरेको अनुनय नेता माधव नेपालले नसुनेको उनको आरोप थियो । भट्टराईले मङ्सिर १० गतेदेखि चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनले स