काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्र र जनमत पार्टीबाट एक-एकजना मन्त्रीको शपथग्रहण गराउने तयारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दियो। उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ। ‘अहिलेसम्म प्रधानमन्त्रीज्यूबाट पत्र आएको छैन। पत्र पाएपछ