नेकपा (एमाले) को अध्यक्षमा दोस्रो पटक पनि केपी शर्मा ओली निर्वाचित

मंसिर १४, काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि चितवनमा भएको निर्वाचनको मतगणनाबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले प्रत्यासी भिम रावलविरुद्ध शुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका थिए । उनी दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित ओलीको कार्यकाल पुन : चार वर्षको हुने छ । यो समाचार तयार पार्दाको समयसम्म ओलीले १ हजार ८४०  मत पाएका छन् भने अर्का प्रत्यासी रावलले २२० मत पाएका छन् । ३६ जनाले भने दुवैजनालाई भोट हाल्न चाहेनन्।  तर निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन। १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलवार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । यसैबीच नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ । १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने बताइएको छ । उक्त महाधिवेशनमा ७२ ओटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।  

सम्बन्धित सामग्री

केपी शर्मा ओली र माधव नेपाल सँगसँगै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बस्नुभएको छ । २०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनुभएको थिएन । माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो ।

झापा ५ मा २८ हजार बढी मतान्तरले केपी शर्मा ओली विजयी

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।

केपी शर्मा ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि […]

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’त्यसैले, अर्थ

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन् । यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ । उनले अध्यक्षका प्रत्यासी भीम रावललाई निकै फराकिलो अन्तरले पराजित गरेका छन् ।  ओलीले १८४० र रावलले २ सय २४ मत प्राप्त गरेको एमाले नेता महेश बस्नेतले जनाएका छन् । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपालभन्दा ४४ भोट ब...

के केपी शर्मा ओली गलेका हुन्?

काठमाडौं। केहीदिन अघिसम्म सत्तामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै दलका नेताहरुका असहयोगका कारण आज सडकमा पुगेका छन्। दुईतिहाइको सरकार र ठूलो पार्टीको नेतृत्वबाट ओली आफ्नै दलका नेता/सांसदका कारण बाहिरिन पुगेका छन्। हिजोसम्म गद्दार,षड्यन्त्रकारीलाई पार्टीमा ठाउँछैन भन्ने ओली आज आममाफी दिँदै एकताको आह्वानसम्म आइपुगेका छन्। के ओली गलेका हुन्? नेता गोकुल बाँस्कोटा भन्छन्–गलेको होइन,एकताका लागि हदै लचकता अपनाएको हो।