निर्माण सामग्रीको अभावले ‘कन्स्ट्रक्सन होली डे’को स्थिति सृजना हुन सक्छः रवि सिंह

पेट्रोलियम पदार्थको मूल्य अत्याशलाग्दो ढंगले बढेको छ । निर्माण सामग्री डण्डीको मूल्य २–३ महीनाकै अवधिमा शतप्रतिशत बढेर प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पुगेको छ । यस्तै बिटुमिनको मूल्य पनि शतप्रतिशत नै बढेको छ । यसले निर्माण लागत बढाउने स्पष्ट छ । निर्माण सामग्रीहरू नपाउने जस्ता समस्या देखिँदा अहिले ‘कन्स्ट्रक्सन होली डे’को स्थिति सृजना हुन सक्छ ।  पूर्वाधार क्षेत्रमा कामको समानुपातिक वितरण नै साधारणसभाको मुख्य मुद्दा हो । निर्माण क्षेत्रको काम समानुपातिक रूपमा वितरण नहुँदा एउटै निर्माण कम्पनीले धेरै काम लिने अवस्था छ । यसले गर्दा निर्माण समयमै सकिएको छैन भने अर्काेतर्फ गुणस्तरीय काम पनि भएको छैन । अत्यन्त ‘लो बिड’मा पनि ठेक्का लिनुपरेको छ । यद्यपि अहिले सरकारले ५ ओटासम्म ठेक्का लिन पाउने प्रावधान राखेर सार्वजनिक खरिद नियमावली ल्याएकाले यसले कामको समानुपातिक वितरण हुन सक्छ । यसले गर्दा काम समयमै सम्पन्न हुने र राज्यलाई अतिरिक्त व्ययभार पनि नपर्ने देखिन्छ । जनताले पनि विकास निर्माणको कामबाट लाभ लिने अवस्था आउँछ ।  सरकारले गरेको निर्णय तथा सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनलाई हामीले स्वागत गरेका छौं । अहिले इन्धनको मूल्य वृद्धि हुँदा देखिएको बहुआयामिक असरलाई सम्बोधन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले मूल्य वृद्धि निर्देशिका जारी गर्नुपर्छ । अहिले विकास निर्माणका काममा साविकको भन्दा लागत बढ्ने गरेको छ । मूल्य वृद्धि निर्देशिका जारी गरेर यसलाई सम्बोधनको काम सरकारले गर्नुपर्छ । मूल्य वृद्धि हुँदा कार्यालयले यस्तो निर्देशिका बनाउने गर्छ । विकास निर्माणका काममा लाग्ने थप लागतलाई यस निर्देशिकाबाट सम्बोधन गर्न अति आवश्यक छ । अहिलेको मुख्य एजेण्डा भनेको यही नियमावली संशोधनमा आएका कुरालाई सार्वजनिक खरिद ऐनमै कायम गराउनु हो ।  विकास निर्माणका काम समानुपातिक रूपमा वितरण नभएकाले निर्माण क्षेत्र अस्तव्यस्त नै छ । यसलाई व्यवस्थित गर्न सार्वजनिक नियमावलीका छिद्रहरू मेटाउनुपर्छ । यस क्षेत्रमा जुन किसिमको कार्टेलिङ हुन्छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ । अहिलेका यी समस्या पहिचान गरेर त्यसको सम्बोधन गर्न सार्वजनिक ऐन नै ल्याउनुपर्छ । मुख्यत: विकासमैत्री ऐन तथा नियमावलीको आवश्यकता छ । सार्वजनिक ऐन अहिले टेबलमा छ । यसलाई यथाशीघ्र संशोधन गरेर विकास निर्माणमैत्री ऐन ल्याउनुपर्छ । पटक–पटक म्याद थप गर्ने कार्यलाई पनि व्यावहारिक बनाउनुपर्छ । रू. १० अर्बको ठेक्कामा नेपाली निर्माण व्यवसायीलाई अनिवार्य रूपमा संयुक्त उपक्रम (जेभी)मा सहभागी गराउने नीति पनि आएकाले निर्माण क्षेत्र अब थप सशक्त हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

निर्माण उद्योगका समस्या समाधान गर्न माग

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।...

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित

फागुन ३०, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनी अध्यक्षमा पुन : निर्वाचित भएका हुन् । आइतवार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा उनी निर्वाचित भएका हुन् । उनी ७६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् भने प्रतिस्पर्धी निकोलस पाण्डेले  ३३७ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्बिरोध चयन भएका छन् । त्यसैगरी महासचविमा रोशन दाहाल विजयी भएका छन् । यस्तै एशोसिएट उपाध्यक्षमा रामजी पन्त विजयी भएका छन् । उपमहासचिवमा नीतिगततर्फ शिवहरी घिमिरे, उपमहासचिवमा आन्तरिकतर्फ नरहरि थपलिया, कोषाध्यक्षमा हिरान श्रेष्ठ र सह- कोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् ।

रवि सिंह निर्माण व्यवसायी महासंघको अध्यक्ष निर्वाचित

काठमाडौं, ३० फागुन । निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले खसेको ११८५ मतमा ७६५ मत ल्याएर जित हासिल गरेका हुन् । सिंहका प्रतिष्पर्धी निकोलश पाण्डेले ३३७ मत ल्याए । हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भए । एशोशिएट […]

एफक्यानको अध्यक्षमा रवि सिंह पुनः निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ?

निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा काेइरालाले ३२ मत मात्रै ल्याएका थिए । वरिष्ठ उपाध्यक्ष र महासचिव पनि  सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा नि

निर्माण व्यावसायी महासंघ ठेक्कापट्टा मिलाउने संस्था होइन्ः रवि सिंह (भिडियोसहित)

काठमाडौं, २८ फागुन । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्नो कार्यकालमा निर्माण व्यावसायी महासंघ भनेको ठेक्कापट्टा मिलाउने संस्था होइन् भन्ने कुरा आफुले प्रमाणित गरेको दाबी गरेका छन् । हिजो राती प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले आफु निर्वाचित भएर आएपछि नितिगत रुपमा धेरै कुराहरुमा परिवर्तन गरेको भन्दै […]

८० प्रतिशत ठेक्का एक दर्जन निर्माण कम्पनीको कब्जामा छः रवि सिंह

काठमाडौं, २७ फागुन । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशभरिका निर्माण व्यवसायीको सुझावअनुसार आफू पुनः नेतृत्वमा आउन लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले भने, “नेपाल निर्माण व्यवसायी महासंघको बाह्रौै महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्दै हुनुहुन्छ । ११ सय प्रतिनिधि […]

महासंघ नेतृत्वमा सिंह र पाण्डेले प्रतिस्पर्धा गर्ने

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन अन्तर्गत हुने निर्वाचनमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन्।...

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्।...

अधिकांश निर्माण व्यवसायी भ्याट छलीमा मुछिए

भ्याट छलीको सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायत अधिकांश ठूला व्यवसायी छन्।...

‘पाँच प्रतिशत धरौटीको सट्टा बैंक ग्यारेन्टी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह विश्व बैंक तथा एसियाली विकास बैंक अन्तर्गतका आयोजनाको ठेक्का सम्झौतामा जस्तै नेपाली निर्माण व्यवसायीले सोही सुविधा प्राप्त गर्नुपर्ने बताउँछन्।...