नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित

फागुन ३०, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनी अध्यक्षमा पुन : निर्वाचित भएका हुन् । आइतवार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा उनी निर्वाचित भएका हुन् । उनी ७६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् भने प्रतिस्पर्धी निकोलस पाण्डेले  ३३७ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्बिरोध चयन भएका छन् । त्यसैगरी महासचविमा रोशन दाहाल विजयी भएका छन् । यस्तै एशोसिएट उपाध्यक्षमा रामजी पन्त विजयी भएका छन् । उपमहासचिवमा नीतिगततर्फ शिवहरी घिमिरे, उपमहासचिवमा आन्तरिकतर्फ नरहरि थपलिया, कोषाध्यक्षमा हिरान श्रेष्ठ र सह- कोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् । 

सम्बन्धित सामग्री

‘सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन त्रुटिपूर्ण छ, सच्याउनुपर्छ’

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को नयाँ नेतृत्व भर्खरै चयन भएको छ । महासंघका निवर्तमान अध्यक्ष रवि सिंह नै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचन हुँदै गर्दा निर्माण व्यवसायीको हित हुनेगरी सार्वजनिक खरिद नियमावली संशोधन भएको भन्दै प्रतिस्पर्धीहरुले मत तान्ने प्रयास गरेका थिए । तत्काललाई निर्माण क्षेत्रका अधिकांश समस्या समाधान भएको उनीहरूको दाबी थियो ।चुनाव भएलगत्तै महासंघ फेरि सार्वजनिक खरिद ऐन र नियमावली संशोधनकै पिरलोमा फसेको छ । सरकारले सार्वजनिक खरिद नियमावलीमा ११औ

निर्माण व्यवसायी महासंघमा सिंह

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा...

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्षमा रवि सिंह विजयी, ११७५ मत खस्दा ८०७ मत पाए

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। दोस्रो कार्यकालका लागि उनले पुनः जिम्मेवारी पाएका हुन्। संघको कार्यसमिति पदाधिकारीका

बीमामा वृद्धि गरिएको दररेट खारेज गर्न माग

काठमाडौं । बीमाको दररेट वृद्धि र नयाँ शर्तहरूसम्बन्धी निर्देशिका विकास विरोधी भएको निर्माण व्यवसायी र ऊर्जा उत्पादकहरूले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले यी विषय विकास विरोधी भएको भन्दै पुस १७ गतेसम्म अविलम्ब खारेज नभए पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । महासंघ र इपान नेपालको संयुक्त प्रतिनिधिमण्डले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवा र बीमा समितिलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन् । प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मूल्य तोक्नुपर्नेमा बीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूका लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघ र इपानले आपत्ति जनाएका हुन् । यस प्रकृतिको निर्देशिकाबाट बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा, निर्देशिका बीमाको सिद्घान्त विपरीत रहेको महासंघ र इपानको ठहर छ । निर्देशिका निजीक्षेत्रलाई निरुत्साहित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा बाधा उत्पन्न गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘सरोकारवाला निकायहरूसँग कुनै छलफल नगरी अत्यधिक प्रिमियम वृद्धि गरी जारी गरिएको निर्देशिकाले नेपालको ऊर्जाक्षेत्र र निर्माण उद्योगलगायत निजीक्षेत्र चौपट हुने निश्चित प्रायः छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । महासंघका अध्यक्ष रवि सिंह र इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा निर्देशिकाले व्यावसायिक लागतलाई उच्च बनाएको उल्लेख छ । यसले नेपाली वस्तु तथा सेवाको उत्पादन लागत बढ्न गई प्रतिस्पर्धात्मक क्षमतासमेत ह्रास आउने महासंघ र इपानको दाबी छ । विगत ३० वर्षदेखि कुनै दाबी भुक्तानी नै नभएको चोरीडकैती बीमामा समेत अत्यधिक प्रिमियम बढाउने निर्णयले नकारात्मक असर परेको बताइएको छ । निर्देशिकामा बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बीमितले बीमकबाट क्षतिपूिर्र्त दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न अव्यावहारिक शर्तहरू राखिएको उल्लेख छ । यसले अहिले नै बीमितले बीमाबापतको दाबी भुक्तानी नपाइरहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउने अवस्था ल्याउन सक्ने उनीहरूको आरोप छ ।

संघद्वारा वृद्धाश्रमलाई सभाहल हस्तान्तरण

चितवन (अस) । निर्माण व्यवसायी संघ चितवनले देवघाटस्थित वृद्धाश्रममा सभाहल निर्माण गरिदिएको छ  । संघले मंगलबार निर्माण सम्पन्न सभाहल वृद्धवृद्धालाई हस्तान्तरण गरेको हो । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले १० लाख खर्च गरेर बनाइएको सभाहल उद्घाटन गरी वृद्धवृद्धालाई हस्तान्तरण गरिएको जानकारी दिए  । देवघाटमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा सभाहल बनाइएको हो । सो वृद्धाश्रममा ३८ जना वृद्धवृद्धा आश्रित  छन् । अध्यक्ष कँडेलले वृद्धवृद्धालाई नगद तथा भोजनसमेत खुवाइएको बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे, महासंघका निवर्तमान उप–महासचिव सुर्यप्रसाद तिमिल्सिना, महासंघका केन्द्रीय सदस्य होमकुमार शर्मा, हरिप्रसाद घिमिरेलगायत उपस्थित थिए ।

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]

निर्माण व्यवसायी महासंघसँग सम्झौता

काठमाडौं, नेस । परिवर्तित औद्योगिक आवश्यकताअनुसार स्नातक उपाधिधारी विद्यार्थी तयार पार्न आपसी सहकार्य गर्ने विषयमा नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यस सहकार्यबाट […]