काठमाडौं । महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।
डडेलधुरा स्थित पारिगाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो रहेका जल तथा मौसम विभागले जनाएको छ ।
विभागले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।