काठमाण्डौ – प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ ।
यी जिल्ला भइ बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पश्चिम राप्ती जलाधारको धेरै ठाउँमा पछिल्लो ६ घन्टा अति ठूलो पानी परेको छ । थप वर्षा हुने देखिएकाले पश्चिम राप्ती भालुवाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्न सक्ने अनुमान छ ।
ती क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको...