काठमाण्डाै - अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
कास्कीमा गएराति भारी वर्षा भएको थियो । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ । आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र ...