काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक सीमाभित्र महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने निश्चित भएको बताएका छन्।नेता कोइरालाले फेसबुकमा लेखेका छन्, 'नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर, पूर्व-निर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र, पार्टीको सम्पूर्ण साथीहरूमा गहिरो चिन्ता छाएको छ।'संविधानतः आगामी भाद्र २