भदौमै महाधिवेशन गर्न यस्ता छन् नेताका प्रस्ताव

काठमाडौं : भदौमा गर्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन तोकिएको समय नहुने लगभग पक्का भएको छ। क्रियाशील सदस्यताको विवादले कार्यतालिका भत्किएपछि यस्तो स्थिति निम्तिएको हो।पार्टीकै शीर्ष नेताले यसबारे मुख खोल्न थालेका छन्। यसअघि नेताहरूले तल्लो तहको कार्यतालिका केही हेरफेर भएपनि केन्द्रीय महाधिवेशन भदौमा हुने बताउँदै आएका थिए। कांग्रेसको वैधानिकता भदौ २३ पछि सकिँदैछ।रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको एक स