बायोग्यास बनाउन फोहोर अपुग

घोराही उपमहानगरपालिका–१६, गरुवा गाउँ निवासी पृथ्वीपाल चौधरीले बायोग्यासका लागि घरमा पाइपबाट चुलो जोडेको करिब एक महिना हुन लाग्यो तर नियमित रूपमा फोहोरबाट उत्पादित बायोग्यासबाट खाना पकाउन पाउनुभएको छैन। परीक्षणका लागि फोहोरबाट उत्पादन भएको ग्यास प्रयोग गर्ने अवसर प्राप्त गरे पनि नियमित रूपमा नआउने गरेको उहाँले बताउनुभयो। जसको मुख्य कारण ग्यास प्लान्टमा आवश्यक मात्रामा फोहोर सङ्कलन हुन नसक्नु मुख्य कारण रहेको छ।

सम्बन्धित सामग्री

फोहोर नपाउँदा परीक्षणमै बायोग्यास प्लान्ट

फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्‍याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

घरघरबाट सुरु भयो फोहोरको वर्गीकरण

झापा – बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि नगरपालिकाले सबै वडामा […]

दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

बनियानी । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मंसिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, […]

अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापन गर्दै त्रिशूली अस्पताल

नुवाकोटस्थित त्रिशूली अस्पतालले ‘बायोग्यास प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ ।

सडकमा थुप्रिँदै फोहोर, प्रशोधक मेसिन ६ वर्षदेखि प्रयोगविहीन

काठमाडौं : सडकमा फोहोर थुप्रिँदा अहिलेहाल काठमाडौं उपत्यका थप दुर्गन्धित बनेको छ।फोहोरबाट बिजुली र बायोग्यास निकाल्ने योजना अलपत्र परेको छ भने अर्कातिर १६ वर्षसम्म ल्याण्डफिल साइड निर्माण हुन नसक्दा फोहोर व्यवस्थापनमा हरेक वर्ष समस्या निम्तिने गरेको छ।मनसुन शुरू भएसँगै उपत्यकाको फोहोर अन्तिम विसर्जन केन्द्र पुर्‍याउन नसक्दा पूरै शहर दुर्गन्धित बनेको छ। काठमाडौं उपत्यकामा फोहोरको समस्या यो पहिलो पटक भने होइन। प्रत्येक वर्ष मनसुन शुरू भएसँगै समस्या दोहोरिने गरेको काठमाडौं महानगर

फोहोरलाई मोहर बनाउन पहल

महिला वातावरण संरक्षण समिति (वेप्को) नेपालले जैविक फोहोरबाट बायोग्यास बनाउन पहल सुरु गरेको छ । समितिले सबैभन्दा बढी ऊर्जा खपत हुने होटल र रेस्टुरेन्ट क्षेत्रमा अग्र्यानिक फोहोरबाट बायोग्यास बनाउन सकिने भन्दै पहल सुरु गरेको हो । यसै सम्बन्धमा सम्बन्धितसँग छलफल र अन्तरक्रियाका लागि वेप्कोले एकदिने कार्यशाला गरेको छ । कार्यशालामा वेप्को नेपालकी अध्यक्ष विष्णु थकालीले होटल र रेस्टुरेन्ट क्षेत्रले यस्तो अभियानलाई अगाडि बढाउनुपर्ने बताइन् । यसले काठमाडौंको ५० प्रतिशतभन्दा बढी फोहोर व्यवस्थापन हुने उनले बताइन् । कार्यक्रममा वेप्कोका कार्यक्रम संयोजक ओमबल मल्लले ठोस फोहोर व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालाको उद्घाटन वातावरण मन्त्री ठाकुप्रसाद शर्माले गरेका थिए । उनले जुुनसुकै समयमा यस्ता कार्यक्रमलाई अगाडि बढाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममा रेस्टुरेन्ट एन्ड बार एसोसिएन नेपालका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले वेप्कोका अभियान उपयुक्त र सकारात्मक भएको बताए । यसका लागि आफूले सक्दो सहयोग गर्न तयार रहेका पनि उनले बताए । वेप्को नेपालले युएनडीपी एसजीपी र जीएफको सहयोगमा यस्तो कार्यक्रम गरेको हो । अहिले वेप्को नेपालको केन्द्रीय कार्यालयमा ८ क्युबिक मिटरको बायोग्यास प्लान्ट सफलतापूर्वक सञ्चालन भइरहेको छ । त्यस्तै वेप्को नेपालले बुढानिलकण्ठस्थित बुढानिलकण्ठ स्कुलमा ५० क्युबिक मिटरको बायोग्यास प्लान्ट बनाएको छ । सफलापूर्वक चलेको सो प्लान्ट मर्मतका अभावमा अहिले बन्द रहेको मल्लले बताए । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

प्रधानमन्त्रीले आश्वासनअनुसार रकम दिएनन्, बायोग्यास पाइपलाइन विस्तार अन्योलमा

झापा । नगरबाट निस्किएको फोहोरमैला प्रशोधन गरी ग्यास उत्पादन गर्ने उद्देश्यले झापामा बायोग्यास प्लान्ट निर्माण भइरहेको छ । बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाबाट निस्किएको फोहोर व्यवस्थापन गर्नेगरी प्लान्ट निर्माण सुरु गरिएको हो ।कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडले कनकाई नगरप...

बहूउपयोगी बन्दै बायोग्यास

काठमाडौँ।  नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम ...