काठमाडौं, १० जेठ । सरकारले उपत्यकासहित मुख्य शहरहरुमा जेठभर निषेधाज्ञा कायमै राख्ने भएको छ । उपत्यकामा थप एक साता लकडाउन गरिने भएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञामा थप कडाईका लागि जरिवानासहितको सूचना जारी गरेका छन् । गृह मन्त्रालयले उपत्यकामा नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर निस्कन नदिन निर्देशन दिएको […]