काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ। उपत्यकाका तीनवटै जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज दिउँसो वा भोलि बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने बताए। पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेसम्म जारी रहनेछ। पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न, फलफूल, दुग्धजन्य वस्तु तथा स्टेशनरी पसलहरु बिहान ११ बजेसम्