काठमाडौं : उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सवारीसाधनको चाप बढेको छ। काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो।उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो भएको हो।