वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।...

सम्बन्धित सामग्री

जीवन विकासले शुरू गर्‍यो १० करोडमा प्रांगारिक मल कारखाना

विराटनगर। मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० करोड रुपैयाँ लगानीमा बायोग्यास तथा प्रांगारिक मलको व्यावसायिक उत्पादन शुरू गरिएको छ । जीवन विकास समाजले १० बिगा क्षेत्रफलमा उक्त कारखाना सञ्चालनमा ल्याएको हो । समाजका संस्थापक अध्यक्ष एवं मोरङ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य (प्रतिनिधिसभा कृषि समितिका सदस्य समेत रहेका) योगेन्द्र मण्डल र कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले आइतवार ग्यास तथा मल उद्योगको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । प्रांगारिक मलको उत्पादनले रासायनिक मल आयातमा कमी आउने विश्वास गरिएको छ । उद्योगबाट प्रांगारिक मलको उत्पादनसँगै रासायनिक मल आयात प्रतिस्थापन गर्ने अभियानको शुरुआत भएको घोषणा समेत गरिएको छ । उद्योगबाट दैनिक आठ टनसम्म प्रांगारिक मल उत्पादन हुने जानकारी दिइएको छ । त्यसैगरी दैनिक १५० सिलिन्डर बायोग्यास उत्पादनको क्षमता रहेको बताइएको छ । उद्योगको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मण्डलले नेपालमा रासायनिक मलको अभाव र छिटो उत्पादनका नाममा कतिपय बालीमा यसको अत्यधिक प्रयोग दुवैले कृषि उत्पादनमा दीर्घकालीन असर परेको बताए । यसले माटोको उर्वराशक्ति नष्ट हुँदै गएको उनको भनाइ छ । उद्योग स्थापनाले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको समस्या समाधानमा थोरै मात्रामा भए पनि सघाउ पुग्ने उनले बताए ।  ‘यो वर्ष नेपाललाई आठ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब रुपैयाँ खर्च भइसक्यो,’ उनले भने, ‘यसको दीर्घकालीन समाधान खोजिएन भोलि गम्भीर समस्या आउन सक्छ ।’ किसानले अब युरिया, डीएपी जस्ता रासायनिक मलको विकल्पको रूपमा प्रांगारिक मल प्रयोग बढाउँदै जानुपर्ने उनले बताए । कोशी प्रदेश सांसद मण्डलले राज्यले किसानलाई प्रांगारिक मलको प्रयोगमा सहयोग गर्नुपर्ने बताए । रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । उद्योगलाई बायोग्यासभन्दा मल उत्पादनमा केन्द्रित गरिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थको प्रयोगबाट ८ टन प्रांगारिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन गर्न सकिन्छ । उद्योगले तीन हजार घनमिटरको डाइजेष्ट प्लान्ट निर्माण गरेको छ । त्यसैबाट प्रांगारिक मलसँगै बायोग्यास पनि उत्पादन भइरहेको छ । त्यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्दै आएको बताइएको छ ।  मण्डलका अनुसार हाल दैनिक ६ किलोका दरका ३० सिलिन्डर ग्यास उत्पादन हुने गरेको छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तर्गत उत्पादन शुरू गरेको बायोग्यास एलपी ग्यासभन्दा सस्तो रहेको दाबी उद्योगको छ । जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलले बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको जानकारी दिए ।

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।...

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

वालिङ (स्याङ्जा), २९ असोज । स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो । सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताए । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा […]

चेम्बरद्वारा व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल

तीन अर्ब लगानीमा सेञ्चुरियन मल खोल्दै गर्दै पूर्व उद्योग राज्यमन्त्री दुगढ

काठमाडौँ । पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडले तीन अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटेल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए । उद्योगीसमेत रहेका दुगडले प्रदेश एकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटेलसहित एउटै […]

पाल्हीनन्दन गाउँपालिकाद्वारा किसानलाई उपकरण र जैविक मल वितरण

परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले धान खेती गर्ने किसानलाई उपकरणदेखि जैविक मल र किटनाशक औषधि वितरण गरेको छ । धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं. ४ का किसानलाई अनुदानमा उक्त सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताउनुभयाे। धान खेतीलाई आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गराउने उद्देश्यले सामाग्री वितरण गरिएको उहाँकाे भनाइ छ । कार्यक्रम […]

मल अभावसँगै पर्याप्त वर्षा नहुँदा प्रदेश–१ मा धान रोपाइँ प्रभावित

काठमाडौँ – मलको अभावका बीच प्रदेश १ मा हालसम्म ४८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मल अभावसँगै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ प्रभावित भएको किसानहरुले गुनासो गरेका छन्। प्रदेश १ स्थित खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार पछिल्लो समय वर्षाको कमिका कारण रोपाइँ हुन नसकिरहेको हो। प्रदेशका १४ जिल्लाको […]

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश

अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न गड्यौले मल उत्पादन तालिम

स्याङ्जा – अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न वालिङमा गड्यौले मल उत्पादन सम्बन्धी तालिम दिन शुरु गरिएको छ । कम्पोष्ट मल उत्पादन गरी अगार्निक तरकारी खेतीको विस्तार गर्ने योजना अनुसार तालिम सञ्चालन गरिएको हो ।  वालिङमा सञ्चालन भइरहेको हरियाली पुनःउत्थान परियोजना अन्तर्गत नगरपालिकाका वडा नम्बर १,२,३ र ४ मा तालिम सञ्चालन गरिएको परियोजना प्रमुख विशाल बगालेले जानकारी दिनुभयो । नगरका १४ वटै वडामा तालिम सञ्चालन गरिने बगालेले बताउनु भयो ।  वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको साझेदार...