चेम्बरद्वारा व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल