विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट र केबलको तार काट्न थाल्यो

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुको तार काट्न थालेको छ। आफ्नो पोल प्रयोग गरेकाहरुलाई असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सूचना निकालेको प्राधिकरणले आजदेखि धमाधम तार काट्न थालेको हो। प्राधिकरणका देशभर रहेका १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा एउटा/एउटाको दरले सांकेतिकरूपमा तार काटिएको प्राधिकरणले जनाएको…