एकातिर सत्ता, अर्कातिर पार्टीको शीर्षासन। तौलिँदा मोह दुवैतिर। सत्ता नहुँदा सभापतिमै रहन कसरी सक्नु? त्यसमाथि अरु पार्टी मिलाउनै पर्यो। साझेदार दललाई मनाउन कुनै कसर कसरी छोड्नु? जसरी उमेश श्रेष्ठलाई छिराइयो, उसैगरी अरुलाई मन्त्रीमा घुसाइरहन पनि मिलेन। नत्र घुच्चुकमै हानिहाल्छन्। त्यसैले सरकार विस्तार उस्तै हो! हुँदै जान्छ। नचाहेको त कहाँ हो…