धनुषा काँग्रेस : सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने निर्वाचनमा सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जना आकांक्षी उम्मेदवार देखिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा सन्तोष यादवले उम्मेदवारी दिएका छन् भने संस्थापन इतर पक्षबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख समेत रहेका योगेन्द्र पंजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादव भिड्दैछन् । पंजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गु

सम्बन्धित सामग्री

धनुषा काँग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान

नेपाली काँग्रेस धनुषा जिल्ला सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। पहिलो चरणमा तीनमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान आजका लागि तोकिएको थियो। निर्वाचन अधिकृत अरुण ज्ञवालीका अनुसार पहिलो चरणमा बढी मत ल्याउने दुई दुई प्रतिस्पर्धीबीच पुनः मतदान भएको हो।

धनुषा काँग्रेस अधिवेशन : दोस्रो चरणमा निधि पक्षलाई कोइराला समूहको समर्थन

नेपाली काँग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेको छ । पहिलो चरणमा चुनावी प्रतिस्पर्धामा तेस्रो भएका कोइराला समूहका सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् ।काँग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनअघि सर्वसम्मति गराउने प्रयास विफल भएपछि प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गरेका छन् ।पूर्व उपसभापति निधिको निवासमा भएको छलफलप

काँग्रेस धनुषाको दोस्रो चरणको निर्वाचनमा पञ्जियार र यादवबीच प्रतिस्पर्धा

नेपाली काँग्रेस १४ औ धनुषा जिल्ला अधिवेशन अन्तर्गत सभापतिका कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण निर्वाचन दास्रो चरणमा गएको छ । दोस्रो चरणमा योगेन्द्र पञ्जियार र सन्तोषकुमार यादवबीच हुने भएको छ ।

काँग्रेस धनुषा सभापतिका लागि पुनः मतदान हुने

नेपाली काँग्रेस धनुषाको सोमबार भएको मतदानमा सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको छ । काँग्रेसको विधानअनुसार उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरण प्रमुख दुई जना उम्मेदवारबीच पुनः मतदान हुने व्यवस्था छ । सभापति पदका लागि मतगणना मंगलबार अबेर राति सम्पन्न भएको छ ।

काँग्रेस धनुषा सभापति दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।विभिन्न तीन उम्मेदवारमध्ये काँग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन् । कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको काँग्रेसका जिल्ला निर्वाच

धनुषा काँग्रेसको नेतृत्वको लागि निर्वाचन हुँदै

नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि जनकपुरधामको तिरहुतिया गाछीमा मतदान हुने तय भएको छ । जिल्ला सभापतिका लागि  तीनजना उम्मेदवार छन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियार र शेखर कोइरालाको पक्षबाट दिनेश प्रसैला यादव उम्मेदवार रहेका छन् ।  तिनै समूह आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् ।

काँग्रेस जिल्ला अधिवेशन : धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार

नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने  निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको प

काँग्रेसको प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

धनुषा । नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । […]

काँग्रेस प्रदेश २ अधिवेशनमा मतदान सुरु

नेपाली काँग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा मतदान सुरु भएको हो । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ ।१९८० मतदाताले नयाँ नेतृत्व चय

काँग्रेसले सार्वजनिक गर्यो थप तीन जिल्लाका क्रियाशील सदस्यको नामावली

काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब काँग्रेस अधिवेशनको ढोका खुलेको छ । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन सकेको छैन । यस्तै १४ औं महाधिवेशनमा सभापतिका दाबेदार तथा वर्तमान उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यता विवादकै