डोटी – डोटीको सायल गाउँपालिका २ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेवी सिंह आफ्ना एक छोरा र एक छोरीको खोजीका लागि काठमाण्डौ आइपुग्नुभएको छ । २०५७ सालमा नाबालक छोरा नरेशबहादुर र छोरी दुर्गाकुमारीलाई बालमन्दिरमा पढाउने भन्दै केआईसिंह गाउँपालिका घर भइ कैलालीको गोदावरी नगरपालिका–८ जमुनाभाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेवी सिंहले लगेको गङ्गादेवीले बताउनुभयो ।जगत्रादेवीले गङ्गादेवीका छोरा–छोरीलाई नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालय नक्सालमा भर्ना गरेको र नेपाल बाल सङ्गठनले दुई वर्ष राखी छोरीलाई स्पेनका ...