प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएको अवस्थामा तीनैजनालाई फेला परेको हो । गायत्री सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइती जान भनेर घरबाट निस्कि