दाङमा यसरी मनाइयो श्रमिक महिला दिवस

दिनेश रैदास, दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ घोराही नगर समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघकी दाङ जिल्ला सचिव शारदा थापाको अध्यक्षता, कृष्णा थापाको सञ्चालन, महिला संघ घोराही नगर कोषाध्यक्ष हिरा खनालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको हो । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्पूर्ण शोषित पीडित मुक्तिकामी, श्रमिक महिलाहरु सर्वप्रथम सचेत हुन जरुरी रहेको बताउनु भयो। उहाँले आफ्नो हंकहित नियम कानुनको लागि अध्ययन गर्न आवश्यक रहेको समेत बताउनु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र महत्व बारे प्रष्ट पार्नु भएको थियो। जनजाति सम्मेलन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल (छैठौं)केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, अखिल (छैठौं) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, राजमो घोराही नगर अध्यक्ष हरि खरेल, अखिल नेपाल महिला संघ दाङ जिल्ला सल्लाहकार सत्य रेग्मी, अखिल (छैठौं) दाङ जिल्ला कोषाध्यक्ष मधुकर पुन, महिला संघ घोराही नगर सचिव पदमा थापा, रक्तिम सांस्कृतिक अभियान घोराही नगर सचिव शिव बन्जाडे, शान्ति पुन लगायतले अन्तर्राष्टिय श्रमिक महिला दिवसको शुभकामना तथा मन्तव्य राख्नु भएको थियो। अखिल नेपाल महिला संघ गढवा अखिल नेपाल महिला संघ गढवा गाउँपालिका समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गढवामा सम्पन्न भएको छ। जेष्ठ महिला सदस्य पुत्ला खनालको अध्यक्षता, उमा पन्थीको सञ्चालन र धना खनालको स्वागत गर्नुभएको थिया । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य गौरी खड्काले समान अधिकार र महिला हिँसा विरुद्ध बोल्दै एक जुट भएर अगाडि बढ्न आह्रवान गर्नु भएको थियो। त्यसैगरी अखिल नेपाल महिला संघ जिल्ला सदस्य शिवा आचार्य महिला हकहित बारे प्रष्ट पार्नु भएको थियो। महिला संघ गढवा गाउँपालिका वार्ड नं ६ सदस्य सुमित्रा खनाल, गोमा पोख्रेल, राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्मा, राजमो गढवा सचिव टुकमान आचार्य, वार्ड नं ६ राजमो अध्यक्ष खुमानन्द ...

सम्बन्धित सामग्री

प्रेस चौतारीले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौँ।  प्रेस चौतारी नेपालले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। प्रेस चौतारी केन्द्रीय समितिले बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाएको हो। उपाध्यक्ष देवीका घर्ती मगरको अध्यक्षता तथा अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। त्यस अवसरमा बोल्दै चौतारीका अध्यक्ष बस्नेतले पत्रकार महिलाको विकास र […]

श्रमिक महिलाको सम्मान गरेर नेविसंघले नेतृहरुले मनाए अन्तराष्ट्रिय महिला दिवस

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले श्रमिक महिलाहरूलाई सम्मान गरेर ११२औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। नेविसंघ सम्बद्ध विद्यार्थी नेतृहरुको अगुवाईमा  न्युरोड गेट, रत्नपार्क र बागबजारलगाायतका श्रेत्रमा रहेका श्रमिक महिलाहरुलाई सम्मान...

८ मार्च र महिला आन्दोलनका कार्यभार

आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरुको निम्ति प्रेरणा, सम्मान र प्रतिबद्धताको बिषय बनिरहेको आजको दिनलाई हरेक बर्षे विशिष्ट उत्सवको रुपमा मनाउने गरिन्छ । “दिगो भविष्यको लागि लैङ्गिक समानता’ भन्ने बिषयबस्तु अन्तरगत संसारभरका महिलाहरुले ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस आन्दोलनका रुपमा मनाइरहेका छन् । त्यसैगरी ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ लगायत विभिन्न नाराका साथ नेपालमा पनि श्रमिक महिला दिवस देशब्यापी रुपमा विभिन्न कार्यक

श्रमिक महिला दिवस मनाउनुको औचित्य

प्रत्येक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आममहिलाका लागि एक उत्सव हो । महिला

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

२४ फागुन, काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् […]

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सर्लाहीमा साताव्यापी मनाइने

सर्लाही – नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ । संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अनेम […]

अनेमसंघ कपिलवस्तुले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

रिसव आचार्य, कपिलवस्तु । अखिल नेपाल महिला संघ कपिलवस्तुले आज विभिन्न कार्यक्रम गरि १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महिला संघकी केन्द्रीय सल्लाहकार चन्द्रवदन श्रेष्ठले २१औं शताब्दिमा आइपुग्दा पनि महिलाहरु हिंसात्मक घटनाबाट पीडित हुनुपरेको बताउनु भयो । श्रेष्ठले अब यस्ता घटनाबाट माथि उठ्न महिला दिदी बहिनीहरु एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रमलाई राजमोका केन्द्रीय सदस्य मिना पोखरेल, जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासे, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मुक्तिराम न्यौपाने लगायत नेताहरुले सम्बोधन गर्दै महिला पुरुष बराबर अधिकार भन्ने कुरा कागजमा मात्र सिमित रहेको बताउनुभएको थियो । उहाँहरुले महिला हिंसा, बलात्कार जस्ता घटना न्युनिकरणका लागि नेपाल सरकारको ध्यान नगएकोप्रति आपत्ति समेत जनाउनुभएको थियो । संघका जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षता तथा सचिव लक्ष्मी खनालको सञ्चालनमा अघि बढेको कार्यक्रममा स्वागत जिल्ला सदस्य रिता पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेलको समेत आतित्थ्यता रहेको थियो । त्यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका ७ बनगाई (खारखानी) मा पनि कार्यक्रम सम्पन्न भएको छ ।

भारतको चंडिगढमा मनाइयो श्रमिक महिला दिवस

खिमराज चालिसे, चंडिगढ । भारतको चंडिगढमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोमबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह क्षेत्रीय सल्लाहकार एवम् महिला क्षत्रीय विभागकी सचिव जुना चालिसेले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो । यस्तै, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षत्रीय सदस्य सिमा खडका, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, जनजाति विभागका तेज बहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, खेल विभागका पुरन थापा, महिला सदस्य कुमारी थापा, लक्ष्मी अधिकारी, नेपाली वेलफेयरकी सविना पाण्डे लगाएत नेताहले पनि सम्बोधन गर्नुभएको थियो । सो क्रममा वक्ताहरुले महिला मुक्ति आन्दोलनको गौरवमय इतिहास तथा कम्युनिस्ट आन्दोलनमा क्लारा जेटकीन, रोजा लक्ष्यमवर्ग, एलेक्जेन्ड्रा जस्ता महिला नेतृहरुको अद्धितीय योगदान तथा दोश्रो अन्तर्राष्ट्रियको महत्ववारे प्रकाश पार्दै महिलाहरुको हक अधिकार,न्याय तथा स्वतन्त्रताको लागी सम्पूर्ण उत्पीडित महिलाहरुले नै संगठित र सचेत हुनुपर्ने धारणा राखेका थिए । महिला विभागकी सचिव जमुना खनालको सञ्चालन तथा नगर संयोजक माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जमुना खडकाले स्वागत गर्नुभएको थियो भने रक्तिम परिवारका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

आज १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, राजनैतिक दलआबद्ध महिला संघ÷संगठनहरुले ¥याली, गोष्ठी, सभालगायतका कार्यक्रमहरु तय गरेका छन्।जर्मनीमा जन्मिएकी कम्युनिस्ट नेतृ क्लारा जेट्किनले महिला श्रमिकमाथिको श्रम शोषणविरुद्ध संघर्ष

सुदूरपश्चीमोत्तर क्षेत्रमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागले आगामी ८ मार्चमा महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रका नगरहरुको आयोजनामा क्षेत्रभरी नै कार्यक्रम गर्न महिलाहरु सक्रियतापूर्वक तयारी गरिरहेका मूल प्रवाहले जनाएको छ । गास, बास र कपासको समस्याहरुको कारण विदेश पसेका महिलाहरु प्रवासमा पनि सचेत र संगठित हुँदै आइरहेका छन् । महिलाहरुले महिला दिवसको ऐतिहासिक महत्वलाई वर्ग संघर्षसँग जोड्ने प्रयासस्वरुप मूल प्रवाहको व्यानरमुनि प्रगतिशील रुपमा मनाउने प्रचलन रहेको छ। चंडिगढ सुदूरपश्चीमोत्तर क्षेत्रको चंडिगढमा मूल प्रवाह महिला नगर विभागको आयोजनामा (२००१ सेक्टर २) को भवनमा दिउँसो २ः३० देखि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमको आयोजना गरिएको छ । उक्त दिन नगर समितिका कार्यकर्ताको पनि विदाइ समारोह राखिएको नगर अध्यक्ष मानबहादुर केसीले बताउनु भएको छ । हिसार हिसारमा पनि मूल प्रवाह महिला नगर विभागको आयोजनामा कुमार धर्मशालामा दिउँसो १ बजे देखि महिला दिवसको कार्यक्रम आयोजना गरिएको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ । कार्यक्रममा कुर्सी दौड, लगाएतका खेलकूद कार्यक्रम तथा ४१औं नगर स्थापना दिवसमा भाग लिएका कलाकारहरुलाई सम्मान गरिनेछ । जालन्धर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जालन्धरको आयोजनामा श्रमिक दिवस ८ मार्चलाई आमसभा गरि साँझ ६ देखि नगर कार्यालय बस्तीबाबा खेल जालन्धरमा कार्यक्रम मनाउने जानकारी केन्द्रीय सदस्य कुलबहादुर बगालेले गराउनु भएको छ । रोपड रोपडमा महिला दिवसको कार्यक्रम नुहु कलोनी टाइप १ को कम्युनिटी सेन्टरमा साझ ५ बजेपछि आमसभा गरि कार्यक्रम सम्पन्न गरिने जानकारी क्षेत्रीय सदस्य छविलाल सापकोटाले बताउनु भएको छ । श्रीगंगानगर श्रीगंगानगरमा महिला नगर विभागको आयोजनामा नेहरु पार्कमा दिउँसो १ बजेदेखि आमसभा गरि १११औँ श्रमिक महिला दिवस मनाउने जानकारी केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले दिनुभएको छ । संगरुर संगरूरमा महिला नगर विभागको आयोजनामा बनसुरवाग संगरुरमा दिउँसो २ बजेदेखि आमसभा गरि १११ औँ श्रमिक महिला दिवस मनाउने जानकारी महिला नगर संयोजक लक्ष्मी खनालले दिनुभएको छ ।