रिसव आचार्य, कपिलवस्तु ।
अखिल नेपाल महिला संघ कपिलवस्तुले आज विभिन्न कार्यक्रम गरि १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला संघकी केन्द्रीय सल्लाहकार चन्द्रवदन श्रेष्ठले २१औं शताब्दिमा आइपुग्दा पनि महिलाहरु हिंसात्मक घटनाबाट पीडित हुनुपरेको बताउनु भयो । श्रेष्ठले अब यस्ता घटनाबाट माथि उठ्न महिला दिदी बहिनीहरु एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई राजमोका केन्द्रीय सदस्य मिना पोखरेल, जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासे, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मुक्तिराम न्यौपाने लगायत नेताहरुले सम्बोधन गर्दै महिला पुरुष बराबर अधिकार भन्ने कुरा कागजमा मात्र सिमित रहेको बताउनुभएको थियो । उहाँहरुले महिला हिंसा, बलात्कार जस्ता घटना न्युनिकरणका लागि नेपाल सरकारको ध्यान नगएकोप्रति आपत्ति समेत जनाउनुभएको थियो ।
संघका जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षता तथा सचिव लक्ष्मी खनालको सञ्चालनमा अघि बढेको कार्यक्रममा स्वागत जिल्ला सदस्य रिता पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेलको समेत आतित्थ्यता रहेको थियो ।
त्यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिका ७ बनगाई (खारखानी) मा पनि कार्यक्रम सम्पन्न भएको छ ।