कुमारी आमा सोनाली कुमारी सिंह ‘निहारिका’ राजपुतले साउन २७ गते शुक्रबार रक्षा बन्धनका दिन राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् । उनले न्याय नपाएको भन्दै आत्मदाहको कोसिस गरेपछि यसअघिको सरकारले गरेको लिखित सहमति किन कार्यान्वयन गरेन भन्ने प्रश्न उठेको छ । निहारकाले आफूलाई बलात्कार गर्ने युवकको ‘डिएनए’ परीक्षण गर्न माग गदै अनशन बसेपछि सरकारले उनका …