काठमाण्डौ महानगरपालिका

स्थानीय तह निर्वाचन २०७४

सम्बन्धित सामग्री

जसपाका तीन नगर समिति पुनर्गठन

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगर समिति पुनर्गठन भएका छन् । शनिबार पुनर्गठन गरिएका नगर समितिहरुमा काठमाण्डौ महानगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र मोरङको रङ्गेली नगरपालिका रहेका छन् । पाार्टीका राजनीतिक समिति सदस्य शोभा बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट सुरज महर्जनको अध्यक्षतामा २९ सदस्यीय काठमाण्डौ महानगरपालिका समिति गठन भएको छ । […]

काठमाण्डौ महानगरपालिका भित्र आज कोरोना विरुद्धको बुस्टर डोज लगाइने

काठमाण्डाै - काठमाण्डौ महानगरपालिका भित्र आजदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ । कोराना भाइरसको सङ्क्रमण फैलिन थालेकाले बुस्टरको पहिलो र दोस्रो डोज दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका वडा नम्बर ८ र १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नम्बर १० र ३१ को सामुदायिक सहरी स्वास्थ्य केन्द्र तथा राष्ट्रिय सभागृहमा बुस्टर खोप लगाउन सकिने छ । १२ वर्ष उमेर माथिका, दोस्रो खोप लगाएको ३ महिना पूरा भएकालाई पहिलो बुस्टर मात्रा तथा पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएकाले बिहान १० ...

नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्। काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर  शनिबार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाण्डौ महानगरपालिका र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता

काठमाण्डौ – सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाण्डौ महानगरपालिका र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता अनुसार, आउँदो २ वर्ष वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिम लगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो । सामुदायिक व...

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको आग्रह

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ । विभागले आज सूचना निकालेर काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरुले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको र कतिपयले सङ्घ सरकार र प्रदेश सरकारबाट इजाजत लिएको भए पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ । विभागले ३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न र महानगरको अनुगमनका क्रममा दर्ता नगरि व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको ...

काठमाण्डौको फोहर आजदेखि उठ्दै

काठमाण्डाै - लामो समयदेखि थुप्रिएको काठमाण्डौको फाेहर आजदेखि उठाइने भएको छ। केही दिनयता काठमाण्डौमा थुप्रिएको फाेहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास मन्त्रालयमा हिजो अबेर काठमाण्डौ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको हो । सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, ...

काठमाण्डौमा एम्बुलेन्स चाहिएमा निःशुल्क सेवा लिनुहोला : काठमाण्डौ महानगरपालिका

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो । महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको ...

काठमाण्डौ महानगरपालिका–४ को कार्यालय निर्माण, आफू सफल भएको मेयर शाक्यको दावी

वैशाख ११, काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडामा महत्वपूर्ण कामहरु भएको दावी गरेका छन् । महानगरपालिकाको वडा नम्बर चारको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै मेयर शाक्यले आफू मेयरमा निर्वाचित भएपछि सबै वडाहरुले जनहितमा काम गरेको बताएका हुन् । पछिल्लो समय जन्मदेखि मृत्युसम्मका सबै काम वडा तहबाटै गर्ने व्यवस्था मिलायएको […]

कर्मचारी समायोजन: पहिलो प्राथमिकता प्रदेश ३ र काठमाण्डौ महानगरपालिका

काठमाण्डाै - समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा प्रदेश ३ र काठमाण्डौ महानगरपालिका परेका छन् । पहिलो प्राथमिकतामा परेको प्रदेश ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । प्रदेशको जम्मा दरबन्दी २२ हजार ७५५ मध्ये आधाभन्दा धेरैले प्रदेश ३ रोजेको सङ्घीय मामिला तथ...