काठमाण्डौ महानगरपालिका भित्र आज कोरोना विरुद्धको बुस्टर डोज लगाइने

काठमाण्डाै - काठमाण्डौ महानगरपालिका भित्र आजदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ । कोराना भाइरसको सङ्क्रमण फैलिन थालेकाले बुस्टरको पहिलो र दोस्रो डोज दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका वडा नम्बर ८ र १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नम्बर १० र ३१ को सामुदायिक सहरी स्वास्थ्य केन्द्र तथा राष्ट्रिय सभागृहमा बुस्टर खोप लगाउन सकिने छ । १२ वर्ष उमेर माथिका, दोस्रो खोप लगाएको ३ महिना पूरा भएकालाई पहिलो बुस्टर मात्रा तथा पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएकाले बिहान १० ...