काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो ।
महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको ...