काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने मेयर विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।
मेलम्चीले काठमाण्डाैलाई खानेपानी दिएकाले विपद् परेका बेलामा मेलम्चीलाई पनि सहयोग गर्नु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो ।
यस्तै काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले पनि बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको तर्फब...