काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको देश र आन्दोलनको आवश्यकता वाम तालमेल र एकता नै भएको बताएका छन्। सामाजिक संजालमा एक पोस्ट गर्दै नेता श्रेष्ठले आजको आवश्यकता वाम तालमेल र एकता भएकोले त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर आत्म–आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्ने बताएका छन्।