नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीका कारण देश बर्बाद हुन लागेको भन्दै सबै एकजुट भएर बचाउनुपर्ने टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रेष्ठले भनेका छन्, ‘देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारी प्रमुखको कारण देश बर्बाद हुँदैछ,बचाऔं ।’
श्रेष्ठले कामचलाउ सरकारको पुनर्गठित मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले बोलेको भाषा जे भएपनि उनको मुक्ति संग्राम सारतत्वमा नेपाललाई बिखण्डन गर्ने होइन भन्ने कुनै अधार नभएको बताएका छन् ।
‘कामचलाउ सरक...