इमानदार भएर अग्रसर भयो भने आजको आवश्यकता वाम एकता नै हो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् । त्यसका लागि सबै इमानदार भएर अग्रसर हुनुपर्ने उनको जोड छ । आज सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता […]

सम्बन्धित सामग्री

वाम एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्छु : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) द्वारा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले सधैंभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यबद्धता हुनुपर्ने बताए ।कार्यक्रममा श्रेष्ठले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए ।