झापा : नेपालमा प्रतिबन्धित र दर्ता नभएका भारतीय विभिन्न कम्पनीका औषधि तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम रोकिएको छैन। विशेष गरी दक्षिणी झापाको कचनकवल, बाह्रदशी र झापा गाउँपालिकासँग जोडिएका सीमा नाकाबाट तस्करले प्रतिबन्धित र दर्ता नभएका भारतीय औषधि नेपाली बजारसम्म ल्याउने गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय झापा मातहत रहेका कचनकवल-१ स्थित अस्थायी प्रहरीचौकी कुट्टीबाट खटिएका गस्ती टोलीले मंगलबार राति साढे ११ बजे करिब ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरेसँगै यस्तो