प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

वीरगञ्ज – प्रहरीले प्रतिबन्धित पौने ६ लाख बराबरको भारतीय नोटससिहत वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालमा प्रतिबन्धित रहेका रु.पाँच सय र दुई हजारको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंह छन्। […]