झापा : रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पुर्याउने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई दुई वर्षको अन्तरालमा रु पाँच लाखको ‘श्री प्रसाद ओली प्रज्ञान पुरस्कार’ दिने घोषणा गरेको छ।साहित्य, विज्ञान, पत्रकारिता, कृषि, सामाजिक सेवालगायत क्षेत्रका प्रतिभाहरुलाई बर्सेनि पुरस्कृत गर्दै आएको प्रतिष्ठानले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।झापाका समाजसेवी श्री प्रसाद ओलीले २०६७ सालमा रु एक करोडक