माधव नेपाललाई एमालेमा ठाउँ नदिने रणनीतिमा ओली सफल, साथ छाड्नेहरु धमाधम पुरस्कृत

काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेर बालकोट पुगेपछि भनेका थिए एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन । उनले भनेजस्तै गरे । माधव नेपाललाई एमालेमा रहनै नसक्ने बनाइदिने । तर, उनीनिकटस्थ हस्तीहरुलाई एमालेमै रहने अवस्था निर्माण गरे । माधव नेपालको खेमाबाट नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी कोही पनि फुटेको पार्टीमा गएनन् […]