आफ्नै देशमा काम गरेर घरपरिवारसँगै बस्ने रहर कसलाई हुँदैन ? तर अहिले अवस्था त्यस्तो कहाँ छ र ? सानो भन्दा सानो काम गर्न पनि निकै झन्झटिलो हुन्छ । सरकारले आफ्नो सेवा प्रवाहलाई त चुस्त बनाउन सकेको छैन, रोजगारीको त कल्पना मात्रै हो । त्यसैले त घरपरिवार साथीभाइसँग टाढिएर अर्काको देशमा गइ पसिना बगाउन बाध्य छन् लाखौँ नेपाली युवाहरु ।
देशमा रोजगारी पाइन्छ भन्ने कुरा त अहिलेका युवाले बिरलै सोचेका होलान् । देशमै रोजगारी पाए युवाहरु किन विदेश हानिन्थे होलान् र ? तर अहिलेको अवस्थामा देशमा केही गरौं भन्दा पनि सजिलो छैन । ...