प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आशा जगाएकाले जनतामा आशा जागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आशा लाग्दो मन्त्रिपरिषद् भएकाले जनतामा पनि आशा जागेको दाबी गरेका हुन् । यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताएका छन् । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने बताए । 'जनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । मैले महसुस गरेको कु