पर्वत : पर्वतमा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको संख्यामा साढे १५ प्रतिशतले कमी आएको छ।जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको कुल संख्या एक लाख ४५ हजार १३४ रहेको थियो। यसको १५ वर्षपछि आगामी मंसिर चार गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एक लख २२ हजार ६४९ मतदाता कायम भएका छन्।मतदाता नामावली संकलन गर्ने सुरुवाती अवस्थामा सबैले नाम दर्ता गरेका कारण मतदाताको संख्या धेरै देखिए