गण्डकी प्रदेशस्तरीय सातौं पर्वत महोत्सव हुँदै

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौं पर्वत महोत्सव गरिने भएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौं पर्वत महोत्सव आगामी ११ माघदेखि २१ गतेसम्म आयोजना हुनेछ । पर्वत उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी गराएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाइएको छ । […]