पर्वत : पर्यटकका लागि नयाँ गन्तव्य, रोजगारीको केन्द्र बन्दै

पर्वत : जिल्लाबाट देशका अन्य भागमा गएको मान्छेले आफ्नो घर पर्वत बताउँदा ‘पर्वत भन्ने कहाँ हो?’, ‘नाम नै पर्वत भएपछि त कति धेरै पहाड होलान्!’, ‘पर्वत भन्ने त बागलुङ जिल्लामा होइन र?’ यस्तै यस्तै प्रश्नहरू सोध्ने गरेको पाइन्थ्यो।  तर अहिले साहसिक खेल र नेपालका लामा र अग्ला झोलुङ्गे पुलहरूका कारण पर्वतलाई सहजै चिनिन्छ। कुनै वेला पर्वत एक जिल्ला हो भन्ने थाहै नपाएकाहरूलाई पनि अहिले पर्वतका साहसिक खेलहरूको अवलोकन गर्न मन लाग्छ।पवित्र कालीगण्डकी नदीमाथि बनेको व