मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश नं १ सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौताबाट मोरङको बूढीगङ्गा गाउँपालिका–४ मा स्थापित विश्वविद्यालयले विश्वमा अध्ययन अध्यापनमा आएको अत्याधुनिक पाठ्यक्रम प्रयोग गरी सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनियरिङको अध्यापन कार्यको पहिलो समूह आर्थिक वर्ष २०७८/८९ देखि सुरु गरेको हो । प्रदेश नं १ सरकारबाट मन