विद्यार्थी तान्न अंग्रेजी माध्यममा पढाइ

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । यसले विद्यालयमा विद्यार्थी टिकाउन तथा विद्यार्थी आकर्षण गर्न सहयोग पुग्ने विद्यालयहरूले जनाएका छन् । अंग्रेजी माध्यमबाट पठनपाठनका लागि विद्यार्थी निजी स्कुलतिर जान थालेपछि पछिल्ला वर्षमा जिल्लाका सामुदायिक विद्यालयले विद्यार्थी तथा अभिभावकको रोजाइलाई ध्यानमा राखेर अंग्रेजी […]

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयको बाध्यता : विद्यार्थी टिकाउन अंग्रेजी माध्यम

धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर चलेको छ । सामुदायिक विद्यालय पनि अभिभावकको यही चाहनाको दबावमा परेका छन् ।

फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम

फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गरिने भएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् । सुरूमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ सुरू…