काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएकाे छ।प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब दुई घण्टा चलेकाे वार्तामा कुनै ठोस सहमति भने नभएकाे बुझिएकाे छ। भेटमा प्रधानमन्त्री देउवाले ओलीलाई अमेरिकी सहयाेग परियाेजना एमसिसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेका छन्।नेकपा एमालेकाे आधिकारीक फेसबुक पेजमा उल्लेख गरिए अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन भित्रबाटै आफ्नो सरकारलाई असहयो